आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस
काठमाडौँ: संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वतीय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन्छ। आज पनि पर्यटनसँग सम्बन्धित संघ–संस्था तथा समूहहरूले विविध कार्यक्रम आयोजना गर्दै यो दिवस मनाइिरहेका छन्।
यस दिवसको उद्देश्य विश्वसामु महत्वपूर्ण तर प्रायः उपेक्षित पर्वतीय क्षेत्रको संरक्षण र सम्मानको आवश्यकता उजागर गर्नु हो। यस वर्षको नारासमेत “पानी, खाना र जीविकोपार्जनको लागि हिमनदी पहाड महत्त्वपूर्ण छन” भन्ने तय गरिएको छ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण हिउँ द्रुतगतिमा पग्लिँदा हिमालहरूको अस्तित्व नै संकटमा परेको आरोहीहरूको अनुभव छ। उता, सरकारले पर्वतारोहीहरूको प्रभावकारी अनुगमन गर्न नसक्दा हिमालहरू फोहोर बन्दै गएको र वातावरणीय प्रदूषण बढ्दै गएको वातावरणविद्हरू बताउँछन्।
पृथ्वीको करिब २५ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ढाकेको छ भने विश्वको कुल जनसंख्याको लगभग २० प्रतिशत मानिस यिनै क्षेत्रहरूमा बसोबास गर्छन्।