यु–१९ एसिया कप: नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
काठमाडौँः संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ।
उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ। नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ। यही मङ्सिर २६ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। उपाधि भीडन्त पुस ६ गते हुनेछ।