सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहजपुर स्थित अलपत्र मोड निर्माणका लागी बोलन्या थलीको दबाब आन्दोलन

२०८२ पुष ७, ०७:२८ जयन्त सिंह भाट

कैलाली: चार वर्षदेखि अलपत्र अवस्थामा रहेको कैलालीको सहजपुर स्थित सल्लाघारी मोडको निर्माण छिटो गर्न बोलन्या थलीले  दबाबमुलक आन्दोलन गरेको छ। 

सोमबार बोल्न्या थलीका संयोजक यादव जोशी लगायतका युवाहरुले महेन्द्रनगर सडक डिभिजन, साइट कार्यालय धनगढीमा दबाब आन्दोलन गरेका हुन्। सुदुरपश्चिमका पहाडी सातै जिल्लालाई जोड्ने मुख्य राजमार्गको कैलाली चुरे गाउँपालिका स्थित सहजपुरभन्दा माथि पर्ने सल्लाघारी मोड निर्माण विगत चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

मोड निर्माणमा ढिलाइ हुनु र त्यसको कारण हुने दुर्घटना तथा नागरिक असुविधालाई लिएर बोलन्या थलीले आज दबाब आन्दोलन गरेको संयोजक जोशी ले बताए। 

उनले  मोड निर्माण छिटो सम्पन्न हुनुपर्ने आवश्यकताबारे जोड दिएका छन्। आन्दोलनमा सहभागीहरूले सम्बन्धित नियमन निकायलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन्। अलपत्र मोडका कारण नागरिकलाई असुविधा र दुर्घटनाको जोखिम बढिरहेकोले बोलन्या थलीले सबै सरोकारवालालाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेको छ।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस