सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–४ मिश्र जनरल स्टोरका मिश्र दम्पतीले  गरे कपडा सहयोग

२०८२ पुष ९, ०२:१२ Dineshkhabar Desk

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ६२९ थान कपडा सहयोग गरिएको छ।

धनगढी ४ बसपार्क मा रहेको मिश्र जनरल स्टोरका प्रोप्राइटर खेमराज मिश्र र धर्म पत्नी कुर्मा मिश्रले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। 

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। 
हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस