बैतडीमा एक जना मृत अवस्थामा फेला
२०८२ पुष १०, ०८:२१
बैतडीः बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ चौडाली स्थित भित्री कच्ची सडक खण्डमा पञ्चेश्वर गाउँपालिका–१ सुन्तोरा बस्ने २६ वर्षीय तेज बहादुर चन्द बुधवार मृत अवस्थामा फेला परेको हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
कमेन्ट लोड गर्नुस