धनगढीबाट अवैध भन्सार छलीका टेन्टका कपडा बरामद
२०८३ कार्तिक ३०, ०७:१०
धनगढीः कैलालीको धनगढीबाट अवैध भन्सार छलीका टेन्टका कपडा बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–३ चौराहाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ५६ हजार ५ सय बराबरको टेन्टको कपडा प्रहरीले बरामद गरेको हो। आइतबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी उक्त कपडा आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस