सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली ५ मा नेपाली कम्युनिस्ट पार्टीबाट ५ जना उम्मेदवार सिफारिस

२०८२ पुष १०, ०३:०५ खबर संवाददाता

धनगढी: नेपाली कम्युनिस्ट पार्टीले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि ५ जनाको नाम सिफारिस गरेको छ । एकीकरण पूर्वका क्षेत्रीय कमिटीको सयुक्त बैठकबाट ५ जनाको नाम सिफारिस गरिएको साविक माओवादी केन्द्रका क्षेत्रीय संयोजक निर्मल शाहले बताए।

पार्टीले शाहको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । यस्तै प्रेम बिसी, ओमप्रकाश पुन, सुशीला बुढाथोकी र मनोज पुनमगरको नाम पनि जिल्लालाई सिफारिस गरेको छ । पुनमगरको नाम जेनजीको तर्फबाट सिफारिस गरिएको शाहले बताए। 


 

कमेन्ट लोड गर्नुस