सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुलमानपछि बालेनले गरे रविसँग भेटघाट

२०८२ पुष १०, ०३:४५ खबर संवाददाता

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पछिल्लो समय शृङ्खलाबद्ध राजनीतिक भेटघाटमा सक्रिय देखिएका छन्। आज बिहान उनले उज्यालो नेपाल पार्टीका पहलकर्ता कुलमान घिसिङसँग भेटवार्ता गरेका थिए।

त्यसपछि बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग छलफल गरिरहेका छन्। केही दिनअघि बालेन र रविबीच करिब ६ घण्टा लामो संवाद भएको भए पनि ठोस निष्कर्ष ननिस्किएको बताइएको छ।

संवाद अपेक्षित रूपमा फलदायी नभएपछि बालेनले अन्य नेता तथा समूहलाई समेट्दै नयाँ राजनीतिक पार्टी गठनतर्फ अघि बढ्ने तयारी गरेको स्रोतको दाबी छ।

रविसँगको भेटपछि जेनजी अगुवा सुधन गुरुङसँग पनि ज्वागलमा भेट गर्ने तयारीमा बालेन रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस