कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाटा नगरपालिका–५ बनसमिति स्थित पुर्व पश्चिम राजमार्गमा चालक लालझाडि गाउँपालिका–३ बस्ने २६ वर्षीय बिरेन्द्र रानाले चलाएको म १ त ९३१ नम्बरको ट्याक्टर संग शुक्लाफाटा नगरपालिका–५ बस्ने ४५ वर्षीय गड्डु बिकले चलाएको सुदूरपश्चिम प्रदेश ०२००४ प २६८८ नम्बरको मोटरसाइकल शुक्रवार साँझ ७ः४५ बजे एक आपसमा ठोकिदा दुर्घटना भएको हो।
दुर्घटना हुँदा मोटरसाइकल चालकको टाउको र खुट्टामा चोटलागि तत्काल झलारी स्थित टी एण्ड सी अस्पतालमा प्राथमिक उपचार पश्चात महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा ९ः०० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
सोही मोटरसाइकल पछाडि सवार ४० वर्षीय शुक्लाफाटा नगरपालिका–५ बस्ने विरराम पोखरेल घाइते भएका छन्। घाइते पोखरेलको टी एण्ड सी अस्पताल झलारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर, ट्याक्टर चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको छ।