होलसेल व्यवसायी संघको पेनाल्टी सुट आउट प्रतियोगितामा मिश्र जनरल स्टोर प्रथम
धनगढी: धनगढी होलसेल व्यवसायी संघले आयोजना गरेको पाँचौ कर्मचारी मैत्री पेनाल्टी सुट-आउट प्रतियोगितामा धनगढीको मिश्र जनरल स्टोर प्रथम भएको छ। शनिबार धनगढीमा आयोजित प्रतियोगितामा सिंह जनरल स्टोर दोस्रो भएको छ भने कमलामाई ट्रेडर्स तेस्रो भएको हो।
प्रतियोगितामा सिंह जनरल स्टोरका तिलक चौधरी उत्कृष्ट गोलरक्षक र मिश्र जनरल स्टोरका खेलाडी दिपक चौधरी उत्कृष्ट गोलकर्ता घोषित भएको संघका महासचिव यमनाथ सिग्देलले बताए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः २१ हजार, १४ हजार र ७ हजार नगद पुरस्कार प्रमाणपत्र र ट्रफी प्रदान गरिएको महासचिव सिग्देलले बताए। यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकर्ता र गोलरक्षकलाई जनही दुई/दुई हजार नगद पुरस्कार प्रदान गरिएको सिग्देलले बताए।
प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो। धनगढी होलसेल व्यवसायी संघले हरेक वर्ष कर्मचारी मैत्री पेनाल्टी सुट आउट प्रतियोगिता गर्दै आएको छ।
सातौं वार्षिकोत्सवको अवसरमा संघले रक्तदान कार्यक्रम समेत गरेको छ। शनिबार आयोजित कार्यक्रममा ६० जनाले गरे रक्तदान गरेको होलसेल व्यवसायी संघका महासचिव यमनाथ सिग्देलले बताए।
शनिबार धनगढी होलसेल व्यवसायी संघको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको हो। २०७५ सालमा गठित संघको साधारणसभामा संघका सदस्यहरूको उपस्थिति रहेको थियो।