खैरो हिरोइन मुद्दामा फरार शुक्लाफाँटाका एक जना पक्राउ
कञ्चनपुरः खैरो हिरोइन मुद्दामा फरार कञ्चनपुरको शुक्लाफाँटाका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ जेठ २२ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ५ वर्ष ११ महिना २८ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको जिल्ला शुक्लाफाँटा नगरपालिका–४ बस्ने २४ वर्षीय दिपक बिष्ट पक्राउ परेका हुन्। बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ।