सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका २ जना पक्राउ

२०८३ कार्तिक २९, ०७:३८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका २ जना पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम ७ सय २० मिलिग्रामसहित कैलालीको गोदावरी नगरपालिका–२ बनखेत बस्ने २५ वर्षीय प्रकाश साउँद र २२ वर्षीय छबि साउँद पक्राउ परेका छन्। दुबै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस