सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

२०८२ पुष १५, ०७:२४ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ बडराबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २८ वर्षीय मनोज राना र १८ वर्षीय किशोर पक्राउ परेका हुन् यी दुबै जनालई १ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन, उनीहरुले प्रयोग गरेको से ५ प ३५६ नम्बरको मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको छ।

यसैगरी टीकापुर नगरपालिका–८ सत्तीपुल स्थित सुदूरपश्चिम प्रदेश ०२–००४ प १९८८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक बर्दियाको गेरुवा गाउँपालिका–५ बस्ने ३६ वर्षीय दिवाकर रैसाल लागूऔषधसहित पक्राउ परेका हुन्। रैसालको साथबाट १ ग्राम ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित उनलाई प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस