सशस्त्र प्रहरी बलले देखायो गौरीफन्टा नाकामा लागुऔषध विरुद्ध सडक नाटक
धनगढीः सशस्त्र प्रहरी बल नेपालले गौरीफन्टा नाकामा लागुऔषध विरुद्धको सडक नाटक देखाएको छ। सशस्त्र प्रहरी बल नेपालको २५ औं स्थापना दिवसको अवसरमा बिहीवार सडक नाटक देखाइएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हेडक्वार्टर धनगढीको आयोजनामा देखाइएको सडक नाटकमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूले लागुऔषधले परिवार र समाज कसरी ध्वस्त हुन्छ भन्ने विषयवस्तु नाटकका माध्यमबाट देखाएका हुन्।
व्यक्तिहरू विशेष गरेर युवाहरू लागुऔषधको दुश्चक्रमा कसरी फस्छन् र त्यसको अन्तिम नतिजा कस्तो हुन्छ भन्ने कुरा कलाकारहरूले अभिनय र सम्वादबाट देखाएका थिए।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका निमित्त गणपति सप्रनाउ जनकराज पन्तसहितका सुरक्षा निकायका अधिकारी र सर्वाधारणको उपस्थितिका प्रहरीले जनचेतना फैलाउने उद्येश्यले सडक नाटक देखाएको हो।