सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन पैदावार मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

२०८३ कार्तिक २७, ०७:२८ खबर संवाददाता

कञ्चनपुरः वन पैदावार मुद्दामा फरार कञ्चनपुरका एका जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७५ माघ २९ गतेको फैसलाले अवैध वन पैदावार मुद्दामा ११ महिना ४ दिन कैद सजाय तोकिएको भीमदत्त नगरपालिका ७ हल्दुखाल बस्ने ६३ वर्षीय कर्णबहादुर धानुक पक्राउ परेका हुन्। धानुकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार उनकै घर ठेगानाबाट पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस