सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चरेशसहित २ जना पक्राउ

२०८२ पुष १९, ०७:४९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन्।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ सेल्प्या स्थित माहाकालि करिडोरमा  डिङ्सीबाट उकु तर्फ जादै गरेको से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक मालिकार्जुन गाउँपालिका–७ डिङ्सी बस्ने ३० वर्षीय महेन्द्र सिह धामी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीय मधुकर उपाध्याय चरेशसहित पक्राउ परेका हुन्।

दुबै जनालाई ९१७ ग्राम चरेश र भारतिय रुपैँया १० हजार र नेपाली १ हजार ३५० नगद फेला पारी दुवै जनालाई प्रहरी चौकी जोलजीबी, दार्चुलाबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस