सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चार हजार निर्वाचन प्रहरी भर्ना गरिँदै

२०८२ पुष २५, ०२:५५ नारायण अवस्थी

धनगढीः आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीमा चार हजार ९८ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।

आजदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। कैलालीमा नेपाल प्रहरीतर्फ र सशस्त्र प्रहरी बल नेपालतर्फ कुल चार हजार ९८ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उनले बताए। भर्नापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग कति निर्वाचन प्रहरी खटाउने भन्ने कुराको टुङ्गो लाग्ने बताइएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकाले जिल्लामा निर्वाचन प्रहरी भर्ना गर्न शुक्रवारदेखि पाँच दिनसम्म आवेदन दिनसकिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रनाउ सिंहले बताए।

यही पुस २५ शुक्रबारदेखि आगामी माघ १ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले जिल्ला प्रहरी कार्यालय कैलालीमा  आवेदन दिन सक्ने उनले जानकारी दिए।

सुनसरीमा पाँच निर्वाचन क्षेत्र छन् भने पाँच लाख ५१ हजार ५२ जना मतदाता छन् । जिल्लामा २३७ मतदानस्थल र ६४१ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस