सुदूर नेपाललाई विश्वसँग जोड्दै

उज्यालो नेपालको बैठकमा रविसँग सहमति भाँडिएको जानकारी

२०८२ पुष २६, ०४:४५ खबर संवाददाता

काठमाडौँः कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आकस्मिक केन्द्रीय समिति बैठक बसेको छ। रवि लामिछाने नेतृत्वको रास्वपासँग पुस १४ गते गरिएको सहमति कार्यान्वयन नभएपछि घिसिङको पार्टीले केन्द्रीय समिति बैठक बोलाएको हो। 

उता रवि नेतृत्वको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठक पनि बसेको छ। हिजो बिहान र बेलुकी रवि र कुलमानबीच भएको वार्ता सहमतिमा पुग्न नसकेपछि दुई दलको एकता भाँडिएको हो।

आजको बैठकले उक्त पार्टीको अध्यक्षमा कुलमानलाई नियुक्त गर्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस