सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेलौलीमा इलाका प्रशासनका लागि सिडिओसहितको टोलीद्वारा निरीक्षण

२०८२ पुष २७, १२:०६ खबर संवाददाता

बैतडी: बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयको कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको नेतृत्वमा आएको टोलीले स्थलगत निरीक्षण गरेको छ।

केही दिनअघि संघीय सरकारले मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेपछि त्यसको तयारी स्वरूप टोलीले अनुगमन गरेको हो। मेलौली नगरपालिका क्षेत्रभित्र कार्यालय सञ्चालनका लागि उपयुक्त स्थान पहिचान गर्न निरीक्षण गरिएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले जानकारी दिए।

उनका अनुसार मेलौली नगरपालिकाको कार्यालय भवनसँगै वडा नं। ७ मा रहेको आँखा उपचार केन्द्रको भवनको समेत निरीक्षण गरिएको छ।

संघीय सरकारबाट आवश्यक बजेट र कर्मचारीको सुनिश्चितता भएमा इलाका प्रशासन कार्यालय तत्काल सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

कमेन्ट लोड गर्नुस