सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका माछा लगायतका सामान नियन्त्रणमा

२०८२ पुष २८, ०७:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका माछा लगायतका सामान नियन्त्रणमा लिइएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ बाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २१ मुल्य बराबरको माछा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको छ।

यसैगरी भीमदत्त नगरपालिका–४ गल्ली नम्बर ५ स्थित अंकुश गुप्ताले संचालन गरेको ए.जी. मोवाइल कियर सेन्टरमा अवैध भन्सार छलीको समान छ भन्ने गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा उक्त पसलबाट अन्दाजी मूल्य ४ लाख ३९ हजार ८ सय बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

उक्त पसलबाट मोवाइल डिस्प्ले, ग्लास, एयरफोन, एयरपोट, डाटा केवल, हेड फोन, चार्जर, मोवाइल स्टेण्ड, ट्याव, साउण्ड बक्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले आइतवार नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस