कञ्चनपुरमा खैरो हेरोइनसहित कैलालीका दुई जना पक्राउ
धनगढी:कञ्चनपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित कैलालीका दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार बेलौरी नगरपालिका–४, प्रेमनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का ३३ वर्षीय अशोक चौधरी र २६ वर्षीय उपेन चौधरी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ४.८५ ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।