सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चरेशसहित बझाङका एक जना पक्राउ

२०८२ पुष २८, ०८:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा चरेशसहित बझाङका एक जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–८ रामनगरबाट  बझाङको केदारस्यु गाउँपालिका–७ बस्ने ४५ वर्षीय जनकबहादुर धामी चरेशसहित पक्राउ परेका हुन्। उनको साथबाट ३ केजी ५६५ ग्राम  चरेश, तौल गर्ने तराजु थान–१ र नगद १० हजार फेला पारी उक्त पदार्थ, तराजु र नगदसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस