ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेको दाबी गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा एउटा तस्बिर पोस्ट गर्दै उक्त दाबी सार्वजनिक गरेका हुन्।
यसैबीच, जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको बताइएको छ।
मादुरोमाथि हतियार तथा लागूपदार्थ तस्करीमा संलग्न रहेको आरोप लाग्दै आएको छ र सोही आरोपमा उनी अमेरिकामा मुद्दाको सामना गरिरहेका छन्।