सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस विशेष महाधिवेशन कार्यविधि पारित

२०८२ पुष २८, ०१:२३ रासस

काठमाडौँः नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केहीबेर अगाडि सुरु भएको बन्दसत्रले ‘नेपाली काँग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ।

यही पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरेको हो। बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश बदल्नुपर्ने काँग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस