सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा वृद्धि 

२०८३ कार्तिक ११, १२:०७ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनमा प्रतितोला ९०० रुपैयाँले  बढेको छ भने चाँदीको मूल्य रु १० ले  बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९८० कायम भएको छ। 

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९७० कायम भएको थियो।

कमेन्ट लोड गर्नुस