सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ९ जिल्लामा १७ लाखभन्दा बढी मतदाता

२०८२ माघ २, १०:०३ नारायण अवस्थी

धनगढी: आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको मतदाता संख्या सार्वजनिक भएको छ।

उपलब्ध तथ्याङ्कअनुसार प्रदेशभर कुल करिब १७ लाख १५ हजारभन्दा बढी मतदाता रहेका छन्। जिल्लागत रूपमा हेर्दा कैलाली जिल्लामा सबैभन्दा धेरै ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन्। त्यसपछि कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता छन्। यी दुई तराई जिल्लाले प्रदेशको निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्ने देखिन्छ।

पहाडी जिल्लामध्ये अछाममा १ लाख ६५ हजार ३३७, बैतडीमा १ लाख ५६ हजार ३७२, डोटीमा १ लाख २८ हजार ३९९ र बझाङमा १ लाख २६ हजार ९०३ मतदाता रहेका छन्। यस्तै डडेल्धुरामा ९३ हजार ४०३, दार्चुलामा ९२ हजार ९४८ र बाजुरामा सबैभन्दा कम ८६ हजार ९६१ मतदाता रहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू मतदाता धेरै रहेका जिल्लामा केन्द्रित भई प्रचार–प्रसार र संगठन विस्तारमा जुट्ने देखिन्छन्। निर्वाचन आयोग तथा सरोकारवाला निकायहरू भने शान्तिपूर्ण, निष्पक्ष र सहभागितामूलक निर्वाचन सम्पन्न गराउन तयारीमा जुटिरहेका छन्। फगुन २१ को निर्वाचनका लागि शुक्रबार मुख्यनिर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याउने कार्यतालिका छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस