नेकपाले दियो प्रेम आलेलाई कैलाली-५ को टिकट
धनगढीः डोटीबाट चुनाव लड्दै आएका प्रेम आलेलाई नेकपाले कैलाली-५ को टिकट दिएको छ। डोटीबाट लगातार तीन पटक विजयी हुँदै सङ्घीय सांसद बनेका आले यस पटक भने कैलाली- ५ बाट निर्वाचन लड्ने भएका छन्।
नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादी बनेका आले यस पटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचन लड्ने भएका हुन्।
संविधानसभा निर्वाचन २०७० मा डोटीबाट संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित भएका थिए। उनी २०७० र २०७४ मा एमालेबाट उम्मेदवार बनेका थिए।
आलेलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले कैलाली-५ मा चुनाव लड्न टिकट दिएका हुन्।
डोटीबाट नेकपाले यो पटक पूर्व मूख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ। आलेले डोटी छोड्दा नेकपाले डोटीमा पूर्व मुख्यमन्त्री भट्टलाई उम्मेदवार बनाएको हो।