सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भिरबाट खसेर ६१ वर्षीय महिलाको मृत्यु

२०८२ माघ ४, ११:३७ खबर संवाददाता

बझाङ: बझाङको तलकोट गाउँपालिका–२ न्यारीकी ६१ वर्षीया जया कामीको भिरबाट खस्दा मृत्यु भएको छ।

जिल्ला प्रहरीका अनुसार कामी मंगलवार धमेनाबाट घरतर्फ फर्कने क्रममा ढडाकोडाँडा नामक स्थानमा बाटोबाट अन्दाजी १०० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीसँगै रहेका स्थानीयले घटनाको जानकारी प्रहरीलाई दिएका थिए। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस