उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी
काठमाडौँः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसिमा थप गर्न प्रमुख राजनीतिक दलले निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
नेपाली काँग्रेसको विवाद मूल कारणले मनोनयनको मिति सार्न लागिएको बताइएको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिएको छ। आयोगको निर्णयविरुद्ध देउवा पक्ष रिट लिएर आज सर्वोच्च पुगेका छन्।
निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका हुन्।
तर निर्वाचन आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय गरेको छैन।