कञ्चनपुरमा गाँजा फडानी कार्यक्रम सम्पन्न
धनगढी: आज १० गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकी (भिमदत्त नगरपालिका–११) र प्रहरी चौकी जिमुवा (भिमदत्त नगरपालिका–८) को संयुक्त आयोजनामा गाँजा फडानी कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्था, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। लागूऔषध नियन्त्रण तथा गाँजा खेती न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागूऔषध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।