जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ रास्वपा प्रवेश गर्दै
काठमाडौँ: जेनजी आन्दोलनका अगुवामध्ये एक सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गर्ने भएका छन्।
‘हामी नेपाल’ नामक संस्थामार्फत सामाजिक कार्यमा सक्रिय गुरुङ जेनजी आन्दोलनपछि राष्ट्रिय रूपमा चर्चामा आएका हुन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच संवाद समन्वयदेखि उज्यालो नेपालका प्रमुख कुलमान घिसिङलाई रास्वपामा ल्याउने पहलसम्ममा उनको सक्रिय भूमिका रहेको बताइन्छ।
गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू रास्वपा प्रवेश गर्न लागेको जानकारी दिएका छन्। उनले लेखेका छन्, “आज दिउँसो ३स्३० बजे बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। अब जवाफदेहिता, स्पष्ट दिशा र परिणामलाई संस्थागत रूपमा अघि बढाउने समय आएको छ।”
उनले जनहितलाई पहिलो प्राथमिकता बनाइने, युवाको विश्वास सुरक्षित राखिने र परिवर्तनलाई दीगो बनाइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। “यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ,” उनले उल्लेख गरेका छन्।
यसअघि केही दिनअघि सुधन गुरुङले गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए।