सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ

२०८३ कार्तिक ८, ०७:४१ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका–१ राजिपुर स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्राम ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रकाश चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पक्राउ गरेको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर १७७ मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय टनक अवस्थी र कञ्चनपुरको कृष्णपुर  नगरपालिका–१ बस्ने ३४ वर्षीय राजु बिष्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ से ५ प ४३१३ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको छ।

यसैगरी, कैलालीको लम्किचुहा नगरपालिका–४ कौवापुर स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ४९ मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २० वर्षीय पुर्णबहादुर चन्द र २४ वर्षीय शंकर  देउवा रहेका छन्। दुबै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस