सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका एक जना पक्राउ

२०८२ माघ ६, ०७:३३ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषधसहित कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

लागूऔषध ओसार–पसार भैइरहेको भन्ने सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका–१ मनहेरा स्थित से १ प ८६९६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बस्ने ४५ वर्षीय हरी प्रशाद चौधरी पक्राउ परेका हुन्।

चौधरीको साथबाट २० ग्राम १३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित उनलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस