सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थमन्त्री डा वाग्ले र पर्यावरण मन्त्री चौधरीबीच भेटवार्ता

२०८३ कार्तिक १६, ०४:४८ रासस

काठमाडौँ : अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा उनिहरूबीच जलवायु वित्त परिचालन, हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप(३१०को तयारीलगायत विषयमा छलफल भएको वन मन्त्रालयले जनाएको छ ।

नेपालले अन्तरराष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तार गर्ने, जलवायु अनुकूलन तथा हानि र नोक्सानीसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने र अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्राथमिकता सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा दुवै मन्त्रीबीच छलफल भएको छ । भेटमा जलवायु वित्त परिचालनका लागि मन्त्रालयबीच आपसी समन्वय, सहकार्य र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।
 

कमेन्ट लोड गर्नुस