सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुे

२०८२ माघ ६, ११:२८ रासस

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोकेका छन्।

प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएकाले उनीहरुले सम्हाली आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस