सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा मतगणना सुरु, रास्वपाका तारा जोशीको अग्रता

२०८२ फाल्गुन २२, ०१:४९ खबर संवाददाता

धनगढीः डडेल्धुरामा मतगणना सुरु भएको छ। परशुराम नगरपालिकाबाट मतगणना थालिएकोमा हालसम्म १ हजार ३१२ मत गणना गरिएको छ।

प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार तारा जोशीले ४७८ मतसहित अग्रता लिएका छन्।

त्यसैगरी नेकपाका मानसिंह मालले २९१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नैनसिंह महरले २७८ मत पाएका छन्। नेकपा एमालेका चक्र स्नेहीले १५३ मत प्राप्त गरेका छन्।

डडेल्धुरा नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।
 

कमेन्ट लोड गर्नुस