काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल विजयी
२०८२ फाल्गुन २२, ०६:३९
काठमाडौँ: काठमाडौँ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्।
उनी २७ हजार ७११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनको निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ।
यस्तै, नेपाली कांग्रेसका कृष्ण सबुज बानियाँले ६ हजार ६४७, नेकपा एमालेका अमन मास्केले ४ हजार ३७३ र राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाए।
कमेन्ट लोड गर्नुस