बैतडीमा रास्वपाका भण्डारीको अग्रता कायमै
बैतडीः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारीले ५ हजार ९९१ मत ल्याएका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ४ हजार ७७३ मतसहित पछ्याइ रहेका छन्। त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले ५११५ मत प्राप्त गरेका छन भने नेकपाका उम्मेदवार प्रमानन्द भट्टले २ हजार ४३५ मत ल्याएका छन्। यस्तै, राप्रपाका उम्मेदवार भुपेन्द्रबहादुर चन्दले ४१५ मत प्राप्त गरेका छन्। जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी रहेको छ।