सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुपन्देही-३ मा रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी

२०८२ फाल्गुन २३, १२:२३ खबर संवाददाता

बुटवलः रुपन्देहीको क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा निकटतम उम्मेदवार भन्दा ५० हजार बढी मत सहित विजयी भएका छन् ।

थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी भएका हुन् । ३६ जना उम्मेदवार रहेकामा थापा ५० हजार ३ सय ८९ मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याएको निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ मत खसेको थियो। 

कमेन्ट लोड गर्नुस