सुदूर नेपाललाई विश्वसँग जोड्दै

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

२०८२ फाल्गुन २३, ०३:०७ रासस

दमौलीः प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डा। स्वर्णिम वाग्ले विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार आज बिहान सम्पन्न मतगणनामा वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरे।

त्यसैगरी नेकपा ९एमाले०की भगवती न्यौपानेले ५ हजार ८३० मत र नेपाल कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३९३ मत पाएका छन्।

यस निर्वाचन क्षेत्रमा कुल १ लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो। वाग्ले तनहुँ–१ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

यसअघि विसं २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा पनि उनले ३४ हजार ९११ मत प्राप्त गर्दै जित हासिल गरेका थिए। त्यतिबेला पनि उनका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई थिए, जसले २० हजार १२२ मत पाएका थिए।

को हुन् स्वर्णिम वाग्ले?

विसं २०३१ मा गोरखाको बुङ्कोटमा जन्मिएका डा। वाग्ले एक चर्चित अर्थशास्त्री, नीतिविज्ञ तथा राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय योजना आयोगका सदस्य र उपाध्यक्षका रूपमा काम गरिसकेका छन्। साथै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एशिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकारको अनुभव पनि उनीसँग छ।

लण्डन स्कुल अफ इकोनमिक्स, हार्वर्ड विश्वविद्यालय र अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका वाग्ले विसं २०७१ मा नेपाल फर्किएका थिए। आर्थिक नीति, विकास योजना र सार्वजनिक नीतिमा उनको गहिरो अध्ययन र अनुभव रहेको मानिन्छ।
 

कमेन्ट लोड गर्नुस