सुदूर नेपाललाई विश्वसँग जोड्दै

मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम विजयी

२०८२ फाल्गुन २४, ०१:२३ रासस

हेटौँडाः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रकाश गौतम विजयी भएका छन्। यस क्षेत्रमा खसेको मतमध्ये उनले ३६ हजार ३३ मत प्राप्त गरेका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ९डिना०ले १४ हजार ३८ मत प्राप्त गरिन्। त्यस्तै नेकपा ९एमाले०का रामेश्वर रानाले १२ हजार ७८३, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का विजय गौतमले १० हजार ७८८ मत प्राप्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका दीपकबहादुर सिंहले चार हजार ५७४ तथा उज्यालो नेपालका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्लामा रहेका कुल तीन लाख १५ हजार ४३४ मतदातामध्ये करिब ५९ प्रतिशत अर्थात् एक लाख ८६ हजार ५५१ मत खसेको थियो।
 

कमेन्ट लोड गर्नुस