कैलालीकाे लम्कीचुहाका एक पुरुष बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपील
कैलालीः कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. १० निवासी २८ वर्षीय भानुभक्त उपाध्याय (न्यौपाने) हिजो साँझ करिब ५ बजेबाट बेपत्ता भएका छन्।
उनकाे परिवारका अनुसार न्यौपाने चिसापानी मलामी गएका र फर्किने क्रममा चुवाचोक क्षेत्रबाट हराएका हुन्। उनी साँझसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको भए पनि हालसम्म कुनै पत्तो नलागेकाे जनाइर्एकाे छ।
परिवारले दिएको जानकारी अनुसार उनको मानसिक सन्तुलन पूर्ण रूपमा ठिक नरहेको बताइएको छ। यदि कसैले उनलाई देखेमा वा उनको बारेमा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८५६००६३६३, ९८६५८७८००३, ९८६१४३२५४५ मा खबर गरि परिवारजनले सबैमा सहयोग र जानकारी उपलब्ध गराइदिन आग्रह गरेका छन्।