सुदूर नेपाललाई विश्वसँग जोड्दै

खैरो हिरोईन र कर्तव्य ज्यान मुद्दामा फरार कञ्चनपुरका सुरेन्द्र पक्राउ

२०८२ फाल्गुन २९, ०७:५० खबर संवाददाता

कञ्चनपुरः खैरो हिरोईन र कर्तव्य ज्यान मुद्दामा फरार कञ्चनपुरका सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ भदौ ७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २ वर्ष कैद सजाय, १ लाख जरिवाना र सोही अदालतबाट मिति २०८१ फागुन १८ गतेको फैसलाले खैरो हिरोईन मुद्दामा १ वर्ष ६ महिना १८ दिन कैद सजाय र एक लाख जरिवाना तोकिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोबरीया बस्ने ३१ वर्षीय भण्डारी  पक्राउ परेका हुन्। भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस