कञ्चनपुरमा भन्सार छली गरि ल्याइएको करिब २० हजारका सामान बरामद
कञ्चनपुर: कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट भारतबाट भन्सार छली गरी ल्याइएको अन्दाजी रु. २० हजार बराबरको स्टेबलाइजर प्रहरीले बरामद गरेको छ।
शनिबार बिहान प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्टेबलाइजर बेवारिसे अवस्थामा फेला पारेको हो। भारतबाट अवैध रूपमा भित्र्याइएको आशंकामा फेला परेको स्टेबलाइजरलाई आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।