सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको प्लानेट भिटी मन्टेश्वरीको तेस्रो वार्षिकोत्सव सम्पन्न

२०८२ चैत्र ५, ०९:१८ खबर संवाददाता

धनगढी: कैलालीको अत्तरियामा रहेको प्लानेट भिटी मन्टेश्वरीको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ। बिहीबार औपचारिक कार्यक्रम गरेर वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो।

गोदावरी-२ मा तीन वर्ष अगाडि खुलेको प्लानेट भिटी मन्टेश्वरी बालबालिकालाई गुणस्तरीय सिकाइ प्रदान गरिरहेको विद्यालयका अध्यक्ष पुष्कर शर्माले बताए। उनले  विद्यालयको विश्वास गरेर बालबालिकालाई आफूहरूको जिम्मा लगाएकोमा अभिभावकप्रति आभार व्यक्त गरेका छन्।
विद्यालयका अभिभावक, बालबालिका र शिक्षकसहित स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको कार्यक्रममा बालबालिकाहरूले विभिन्न सांस्कृतिक कार्यक्रम देखाएका थिए।
प्लानेट भिटी मन्टेश्वरीले बालबालिकालाई उचित किसिमको सिकाइ प्रदान गर्न सक्षम भएको अभिभावकहरूले प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा बोल्दै युवा नेता एवं समाजसेवी लोकराज पाण्डे (आगो) ले सामुदायिक विद्यालयहरूको समेत शिक्षामा सुधार हुनुपर्ने बताए। उनले निजी विद्यालयले झै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न स्थानीय तहले ध्यान दिनुपर्नेमा जोड दिए।

कमेन्ट लोड गर्नुस