दीपेन्द्र सिंह ऐरी बेल्जियमको इयू टी–२० लिगमा, जेबी ब्रुजेससँग अनुबन्ध
काठमाडौँः नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी बेल्जियममा आयोजना हुने इयू टी–२० लिग खेल्ने भएका छन्।
उनीलाई जेबी ब्रुजेसले अनुबन्ध गरेको हो। उक्त टोली नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्ससँग सम्बन्धित लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको छ।
इयू टी–२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो, जसले त्यहाँको क्रिकेट विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीसँगको सहकार्यमा आयोजना गर्न लागेको यो प्रतियोगिता आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ।