सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

२०८२ चैत्र ७, ०९:०० खबर संवाददाता

कैलाली: कैलालीको धनगढी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ। काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक अनियन्त्रित भई दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस नियन्त्रण बाहिर गएको थियो। दुर्घटनामा परी ५५ वर्षीय स्थानीय भक्तबहादुर बटाला घाइते भएका छन्। उनको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रत्यक्षदर्शी नन्दा खत्रीका अनुसार बसले पैदलयात्रीलाई बचाउन खोज्दा विपरीत दिशातर्फ मोडिँदै सडकबाट तल खाल्डोमा पल्टिएको थियो। बसमा सवार केही यात्रुहरू पनि सामान्य घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस