सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हिरोईनसहित धनगढीका २ जना पक्राउ

२०८२ चैत्र १२, ०८:२९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हिरोईनसहित धनगढीका २ जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–८ पचुईबाट खैरो हिरोईन १ ग्राम ३२० मिलिग्राम सहित २ जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–६ बस्ने ३८ वर्षीय प्रेम लाल राना र सोही ठाउँ बस्ने ४३ वर्षीय मागुराम चौधरी रहेका छन्।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको से ५ प ५८०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस