सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः हर्कराज राई

२०८२ चैत्र १२, ०४:०८ रासस

काठमाडौँः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। नवनिर्वाचित सांसदको सपथ समारोहमा सहभागी हुन आज सिंहदरबारस्थित संसद् भवन पुग्नुभएका उनले सञ्चारकर्मीसँग सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताए।

“प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेशी बनाउन प्रश्न गर्छौँ, सहयोग गर्छौँ, सरकारले गर्नुपर्ने काममा प्रतिपक्षले रचनात्मक सहयोग गर्नेछ। सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने छौँ। प्रतिपक्षमा रहेर सशक्त भूमिका निर्वाह गर्छौँ”, अध्यक्ष राईले भने। सुनसरी क्षेत्र नं १ बाट निर्वाचित सांसद राईले देशभर स्वच्छ पिउने पानीको पहुँच पुर्‍याउन आफू लागिपर्ने बताए।

कमेन्ट लोड गर्नुस