पत्रकार महासंघको स्थापना दिवसमा मुख्यमन्त्री शाहद्वारा शुभकामना
धनगढीः नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कमलबहादुर शाहले सम्पूर्ण पत्रकार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री शाहले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणमा महासंघले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्। उनले आगामी दिनमा पनि निष्पक्ष, जिम्मेवार र व्यावसायिक पत्रकारिताको विकासमा अझ प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
यसका साथै, सञ्चार क्षेत्रको विकासमा योगदान पुर्याएका अग्रज तथा सहिद पत्रकारप्रति उनले श्रद्धाञ्जली अर्पण गरेका छन्।
शुभकामना सन्देशमा पत्रकारिताको मर्यादा र उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा लाग्न आग्रहसमेत गरिएको छ।